थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसा बिनै प्रवेश दिने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसा बिनै प्रवेश दिने

काठमाडौं,२८ भदौ । थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ ।

चीन र काजाकिस्तान पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रश्ताव अनुमोदन भएको हो । थाइ प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधवार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरुलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताउनु भयो ।

यस अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने बताउनु भयो । यस नयाँ नीतिबाट थाइल्याण्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ । उनीहरुबाट ३९.१५ बिलियन अमेरिकी डलर राजश्व कमाउने अपेक्षा गरेको छ ।

कुल पर्यटन राजश्वमा ८६.६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ । थाइल्याण्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिव १२ प्रतिशत पर्यटनले ओगटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);