काठमाडौं, २ माघ । नेकपा एमाले र माओवादी केन्द्रले तत्काल प्रदेशप्रमुख नियुक्त गर्न सरकारलाई दाबाब दिएको छ । मंगलबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख तोक्ने जिम्मेवारी पुरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।
तत्काल प्रदेश प्रमुख तोकेर राष्ट्रियसभा निर्वाचन कार्यतालिकालाई सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक व्यवस्था गरेर नयाँ सरकार गठन कार्यलाई सहज बनाउन सरकारलाई दबाब दिँदै आएका छन् ।