सरकारी वकिलको कार्यालयलाई सुन तस्करीको प्रतिवदेन बुुझाउँदै सीआईबी,आजै पत्रकार सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

सरकारी वकिलको कार्यालयलाई सुन तस्करीको प्रतिवदेन बुुझाउँदै सीआईबी,आजै पत्रकार सम्मेलन

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज करिब ६० किलो सुन तस्करी प्रकरण सम्बन्धि अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयलाई बुझाउँदै छ । सीआईबीले यसबारे जानकारी दिन साढे ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

त्रिभुवन विमानस्थलको भन्सार विभागबाट चेकजाँच भएर बाहिरिएको सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही प्रकरणमा हालसम्म चिनियाँ,भारतीय र नेपाली नागरिक गरी २४ जना पक्राउ परेका छन् । सुरुमा ब्रेक सुसहितको तौल १५५ किलो भएपनि त्यसबाट सुनमात्र निकालेर जोख्दा ६० किलो ७१६ ग्राममात्र भएको थियो ।

सीआईबीले अवैध पैठारी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । त्यसबारे आज जानकारी दिन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);