काठमाडौं, २६ भदौ । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा ३ दिनसम्म झुकाउने भएको छ । आज बिहान बसेको आकस्मिक सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।
सोमबार राति १ बजे नेता नेम्वाङको हृदयघातबाट निधन भएको थियो । उनको शव यतिबेला सम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।अस्पतालबाट राजकिय सम्मानका साथ बाहिर निकालिने तयारी भइरहेको छ । त्यसको निर्णय मन्त्रिपरिषदको बैठकले गर्नेछ ।
देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममका पार्टीको झण्डा ३ दिनसम्म झुकाइने छ । नेम्वाङ पार्थिव शरीरलाई अहिले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका राखिएको छ । भोलि मात्रै अत्येष्टि गरिने भएको छ ।