लालपुर्जा नहुँदा हजारौँ भूकम्पपीडितले राहत पाएनन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

लालपुर्जा नहुँदा हजारौँ भूकम्पपीडितले राहत पाएनन्

jagga

ललितपुर, २ माघ । लालपुर्जा नहुँदा ललितपुरका धेरै भूकम्पपीडित राहत लिनबाट वञ्चित भएका छन् । भूकम्पका कारण घरविहीन भएको ३३ महिना बितसक्दा पनि उनीहरु टहरा मुनि नै बस्न बाध्य छन् । तर, राज्यबाट उनीहरुको समस्या समाधानमा कुनै तत्परता देखिएको छैन ।

वैशाख १२ को महाभूकम्पले अरू थुप्रैलाई झैं ललितपुरकी कुमारी शाक्यलाई पनि बेघर बनायो । त्यसयता चार जनाको परिवारसहित उनी ललितपुर हरिसिद्धिमा एउटा टहरामा बस्दै आएकी छन् । लालपुर्जा नहुँदा उनको परिवारले सरकारले घोषणा गरेको कुनै पनि राहत पाएको छैन । लालपुर्जा नभएकै कारण राहत नपाउनेमा हरिसिद्धिका रत्नराज शाक्य पनि छन् ।

यस्ता थुप्रै पीडित छन्, जो भुइँचालोपछि यसरी नै टहरामा बस्दै आएका छन् । भूकम्पपछि घरबिहीन बनेका ललितपुर वडा नम्बर २८ का करिब ७५ प्रतिशत पीडितसँग लालपुर्जा छैन । त्यही कारण उनीहरुले आवास अनुदान पाउन सकेका छैनन् । लालपुर्जा हुनेले पहिलो किस्ता बल्ल पाएपनि दोस्रो किस्ताको टुंगो छैन ।

सरकारले हरेक भूकम्पपीडितलाई राहत दिने र पुनःस्थापना गर्ने कुरा गर्छ तर व्यवहारमा अझै पनि हजारौं पीडित पालमुनि बस्न बाध्य छन् । अझ काठमाडौँबाट नजिकै रहेको हरिसिद्धिका भूकम्पपीडितको समस्या झन् दर्दनाक छ । अनुदानका लागि दाबी गर्ने उनीहरुसँग कुनै प्रमाण छैन । गुनासो फारम भरे पनि यस्ता पीडितहरूबारे सरकारले अहिलेसम्म ठोस निर्णय गरेकै छैन । न त कुनै तत्परता नै देखाएको छ । लालपुर्जा दिलाउने भनेर जनप्रतिनिधिले भोट मागे । आखिर अहिलेसम्म उनीहरुले पनि केही गर्न सकेका छैनन् । आफ्ना वास्तविक अवस्था देखेर पनि राज्यले नदेखेजस्तो गरेको उनीहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);