बुटवल लायन्स आँखा अस्पतालद्धारा सिटी क्लिनिक सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

बुटवल लायन्स आँखा अस्पतालद्धारा सिटी क्लिनिक सञ्चालन

रुपन्देही, भाद्र २५ ||
सत्य नारायण मानन्धर ||

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ६, ट्राफिक चोकमा बुटवल लायन्स आँखा अस्पतालले सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रिसर्च सेन्टर तथा लायन्स क्लव अफ बुटवलद्वारा संचालित बुटवल लायन्स आँखा अस्पतालले सिटी क्लिनिकको शुभारम्भ गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सेवा बिस्तारको प्रशंसा गर्दै नगरपालिका हरेकसंग हातेमालो गरी शिक्षा, स्वास्थ्य, सरसफाइ लगायत सबै क्षेत्रको विकासका लागि सहयोगी भूमिकाको साथ अगाडी बढने बताउँनु भयो । नगरप्रमुख पाण्डेयले बुटवललाई महानगर बनाउन र मेघा सिटीको रुपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेकोले आमनगरबासिको सेवामा एकजुट भएर काम गर्ने आश्वासन दिनुभयो ।

नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालकाका अध्यक्ष सागर प्रताप राणाले सरकारले सेवामुलक संस्थालाई सहयोग गर्नुपर्नेमा उल्टै कर उठाउने काम गरेको गुनासो गर्नुभयो । सरकारले उपकरणमा सहयोग गर्नुपर्ने अन्यथा उपाचार महंगो हुने भएकोले सरकारको ध्यान जानुपर्ने बताउँदै उहाँले स्थानीय सरकारसंग सहकार्य गरी अगाडी बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका पुर्व अध्यक्ष जीवन ओझा, नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालकाका मेडिकल चीफ प्रो.डा.ज्ञानेन्द्र लामिछाने, लायन्स कल्ब ३२५ पि का सेकेन्ड भ्वाइस डिस्ट्रिक गभर्नर लायन बलराम भट्टराई लगायतले सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै एकजुट हुन आग्रह गर्नु भएको थियो ।

सिटी क्लिनिकमा दैनिक बिहान ९ बजेदेखि साझ ५ वजेसम्म आइतबारदेखि शुक्रबारसम्म सेवा प्रदान हुने छ । जसमा ओ.पि.डी सेवा, नेत्र रोग विशेषज्ञ सेवा, सामान्य सल्यक्रिया, चश्मा परिक्षण तथा औषधी बिक्री लगायतका सेवा प्रदान हुने नेत्र अधिकृत इन्दिरा जोशीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);