मन्दिरको नाउँमा रहेको जग्गा व्यक्तिको नाउँमा भएपछि प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

मन्दिरको नाउँमा रहेको जग्गा व्यक्तिको नाउँमा भएपछि प्रर्दशन

सुरेन्द्र कुमार कामति
२० वैशाख सिरहा । सिरहामा साधुसन्तहरुले विरोध प्रर्दशन गरेका छन् । मन्दिरको नाउँमा रहेको जग्गा व्यक्ति नाउँमा श्रेस्ता कायम भएको भन्दै उनीहरुले विरोध प्रर्दशन गर्दै जग्गा फिर्ताको माग सहित ज्ञापन पत्र बुझाएका छन् । सिरहा नगरपालिका ९ गुलरीया चौकमा रहेको रामजानकी मन्दिर, पोखरी लगायतका सहरी स्वास्थ्य क्लिनिक,

मन्दिरको नाउँमा रहेको जग्गा व्यक्तिको नाउँमा भएपछि प्रर्दशन

सुरेन्द्र कुमार कामति २० वैशाख सिरहा ।

सिरहामा साधुसन्तहरुले विरोध प्रर्दशन गरेका छन् । मन्दिरको नाउँमा रहेको जग्गा व्यक्ति नाउँमा श्रेस्ता कायम भएको भन्दै उनीहरुले विरोध प्रर्दशन गर्दै जग्गा फिर्ताको माग सहित ज्ञापन पत्र बुझाएका छन् । सिरहा नगरपालिका ९ गुलरीया चौकमा रहेको रामजानकी मन्दिर, पोखरी लगायतका सहरी स्वास्थ्य क्लिनिक, सार्वजनिक सौचालय समेत रहेको जग्गाको श्रेस्ता व्यक्तिको नाउँमा भएपछि सयौं साधुसन्तले प्रर्दशन गरेका छन् । उनीहरु जग्गा फिर्ताको माग गर्दै जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र सिरहा नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

मन्दिर, पोखरी रहेको लगायतका भौतिक संरचना रहेको करिब १० कट्ठा जग्गा सिरहा नगरपालिका ७ का सिताराम पासमानको नाउँमा श्रेस्ता रहेको मालपोतमा रहेको छ । दशकौं देखि रहेको रामजानकी मन्दिरको जग्गा कसरी व्यक्तिको नाउँमा भएको भन्दै उनीहरुले जग्गा फिर्ताको माग सहित प्रर्दशन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);