१९औं एसियाडको टर्च ¥याली ११ शहरमा परिक्रमा गराइँदै | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

१९औं एसियाडको टर्च ¥याली ११ शहरमा परिक्रमा गराइँदै

एजेन्सी, २५ भदौ । चीनको हानझाउमा शहरमा आयोजना हुने १९ औं एसियाडको १५ दिनको काउन्ट डाउनसँगै गत शुक्रवारबाट टर्च ¥याली यात्रा पनि शुरु भइसकेको छ ।

चीनको पूर्व क्षेत्र झेजियाङ प्रान्तस्थित हानझाउ शहरबाट उक्त टर्च ¥याली शुरु भएको हो । एसियाडको आयोजकको अनुसार उक्त झेजियाङ प्रान्तका ११ शहर हुझु, जियाजिङ, साउझिङ, निङ्बो, झौसान,ताइझाउ, वेनझाउ, लिसुइ, जिनहुवा र कुझाउ हुँदै पुनः हानझाउमा नै उक्त टर्च ¥याली आइपुग्नेछ ।

सो टोली आगामी सेप्टेम्बर २० मा टर्च ¥याली लिएर उद्घाटन हुने स्थान हानझाउ पुग्नेछ । सो टर्च ¥यालीमा १४ वर्षदेखि ८४ वर्षसम्म दुई हजारभन्दा बढी टर्चबाहक हुनेछन् । एसियाडमा काँस्य विजेता बक्सर दीपक महर्जनले पनि सो टर्च बोक्नेछन् ।

आगामी सेप्टेम्बर २३ मा हानझाउ शहरमा १९औं एसियाडको एक औपचारिक भव्य समारोहका बीच उद्घाटन हुँदैछ । सो एसियाडमा ४५ राष्ट्रका १२ हजार ५० खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् । नेपालको तर्पmबाट भने २९ खेलमा दुई २३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपालले एसियाडका लागि सेफ दी मिसन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र डेपुटी सेफ दी राखेपमा बोर्ड सदस्य अञ्जन धमलालाई बनाउने तयारी गरिरहेको छ । आगामी भदौ २८ गते राखेपको बोर्ड बैठकपश्चात नेपाल ओलम्पिक कमिटीको प्रतिनिधिसहित सेफ दी मिसनको टोली चीन जाने तयारीमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);