१९ औं एसियाली खेलकुदः लाओसको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८०, मंगलबार

१९ औं एसियाली खेलकुदः लाओसको तयारी तिब्र

काठमाण्डौ, भाद्र २६
आगामी १९ औं एसियाली खेलकुदको आयोजना नजिकिँदै गर्दा लाओसले आफ्नो तयारीमा तिब्र बनाएको छ । लाओसका केही खेलाडी र प्रशिक्षकले चीनको हानझाउमा शहरमा आयोजना हुने एसियाड पदक जित्न लक्ष्यसमेत राखेका छन् ।

लाओसको राष्ट्रिय सेपाक ताक्रो टोलीका सदस्य नौम सौभानलिथले आगामी एसियाडमा आफ्नो लक्ष्य पदक जित्नु नै रहेको बताउनु भयो । पछिल्लो इण्डोनेशियाको एसियाडमा पनि राम्रो प्रदर्शन गर्दै रजत पदक जितेकाले यो पटक पनि पदक जित्ने उनको विश्वास छ । यसका लागि तयारी पनि राम्रो भइरहेको उहाँको भनाइ छ । लाओसको राष्ट्रिय सेपाकताक्रो टोलीका प्रशिक्षक चन्दाई फियाथेपले चीनको हानझाउ शहरमा १९ औं एसियाडमा पनि प्रतिष्पर्धा गर्न पाउनु खुशी र गर्विलो क्षणको रूपमा प्रतिक्रिया दिनुभयो ।

हानझाउ शहर निकै सुन्दर रहेको उल्लेख गरेका लाओस प्रशिक्षक चन्दाईले एशियन गेमको रौनकले थप सुन्दर हुने उहाँको विश्वास छ । लाओस जनताका लागि एसियाडमा पदक जित्न आफूहरू आतुर रहेको लाओसको सेपाक ताक्रो टोली बतानुहुन्छ । हानझाउ एसियाडले एशियालाई एकताको सूत्रमा बाँध्ने लाओसका सेपाक ताक्रोका प्रशिक्षक चन्दाई फियाथेपको विश्वास छ । चीनले आयोजना गरेको एशियन गेम्सले सबै देशबीच एकता सन्देश प्रभाव गर्ने र एशिया मित्रताको भावना पैmलाउने प्रशिक्षक चन्दाईले बताउनु भयो ।

लाओसका बेसबल प्रशिक्षक बी सेङ्गसौलिनले पनि हानझाउ एसियाडमा जित निकाल्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले यो एसियाडका लागि पछिल्ला ४÷५ महिनादेखि प्रशिक्षण गर्दै आएको उल्लेख ९५ प्रतिसत आफूहरू तयार रहेको बताउनु भयो । उहाँ चीनमा हुने प्रतिष्पर्धामार्पmत पहिलो पटक एसियाड खेल्दै हुनुहुन्छ । त्यहाँको वातावरण कस्तो हुनसक्छ आफ्नो जानकारीमा नभए पनि आफू एसियाडमा पदक जित्ने सोचका साथ मात्र अगाडि बढेको उहाँको भनाइ छ ।

१९औं एसियाड आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाउ शहरमा शुरु हुँदैछ । उक्त एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौति प्रश्तुत गर्दैछन् ।

Leave a Reply