मन्त्री लिम्बूद्वारा एशियाड अभ्यासको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

मन्त्री लिम्बूद्वारा एशियाड अभ्यासको निरीक्षण

काठमाडौं । १९ औं एशियाली खेलकुदको आयोजना मिति नजिकिँदै गर्दा नेपालले आफ्नो खेलाडीको तयारीलाई तिब्रता दिइरहेको छ ।

चीनको हाङझाउ शहरमा हुने १९औं एशियाली खेलकुद शुरु हुन अब ५८ दिन मात्र बाँकी छ । करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्ना खेलाडीलाई विदेश र स्वदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ । यसपटक नेपालले सहभागी गराउने २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक सम्भावनामा रहेको भन्दै पहिलो प्राथमिकतामा राखेर तयारी थालेको छ । साथै खेलकुदका कार्यकारी निकायले पनि खेलाडीको प्रशिक्षण र तयारीबारे निरीक्षणमा पनि तिब्रता दिइरहेका छन् ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एशियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गर्नुभएको छ । हाल पौडी, बक्सिङ, तेक्वान्दो, कुस्ती, टेबलटेनिस, गल्फ, क्यानोइङ र फेन्सिङ गरी ९ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । स्वदेशमा प्रशिक्षण गरिरहेका खेलाडीको तयारी बारे खेलकुदका कार्यकारी निकायले निरीक्षण गर्दै आएका हुन् ।

बिहीवार मन्त्री लिम्बू र राखेप सदस्यसचिव घिसिङले विभिन्न स्थानमा अभ्यास गरिरहेका एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गर्नुभएको थियो । चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ । सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसँग सम्बन्धित विविध पक्षबारे जानकारी लिनुभएको थियो । असोज ६ गतेदेखि शुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);