काठमाडौं,२२ भदौ । ६० किलो बढी सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेका छ । बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै सो प्रकरणकमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन विमानस्थलको भन्सार विभागबाट चेकजाँच गरेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो प्रकरणमा चिनिया, भारतीय र नेपालीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परिसकेका छन् भने पुर्वउपराष्ट्रपनि नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुनसँग प्रहरीले बयान लिइसकेको छ ।