इस्तानाबुलमा भीषण वर्षा,दुईको मृत्यु, १२ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

इस्तानाबुलमा भीषण वर्षा,दुईको मृत्यु, १२ घाइते

एजेन्सी, २१ भदौ । टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण दुई जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बुधवार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो । सरकारी कार्यालयले बासाकसेहिर जिल्लमा एक गिनी नागरिकको मृत्यु भएको बताएको हो ।

कुकुकेकमेसे जिल्लमा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ । अन्य १२ जना घाइतेहरुको भने अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण हजारौँ घर र पसल बगाएको छ । केही मानिस बेपत्ता भएको बताइएको छ । प्रभावित स्थानीयहरुलाई सरकारी आवासमा राखिएको छ ।

उत्तरपश्चिमी टर्कीमा मंगलवार बिहानदेखि नै भारती वर्षा भइरहेको छ । किर्कलारेली प्रान्तमा आएको बाढीमा मृत्यु हुनेको संख्या भने तीन पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);