मुकुन्द रिजालको पार्थिव शरिर श्रद्धान्जलीका लागि राष्ट्रिय सभामा राखिने | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

मुकुन्द रिजालको पार्थिव शरिर श्रद्धान्जलीका लागि राष्ट्रिय सभामा राखिने

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मुकुन्द रिजालको आज बिहान निधन भएको छ ।

काठमाडौं ७ का क्षेत्रिय सभापती समेत रहेका रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिहीबार बिहान ११ बजे रिजालको शव श्रद्धान्जली दिन महानगरपालिकाले राष्ट्रिय सभागृहमा राख्ने कार्यक्रम तय गरेको छ ।

५ दिन अघि डेंगु संक्रमणपछि उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजालको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनले गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भई नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);