कान्तिपुर मिडिया आफूविरुद्ध पूर्वाग्रही ढंगले प्रस्तुत भएको सुमार्गीकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

कान्तिपुर मिडिया आफूविरुद्ध पूर्वाग्रही ढंगले प्रस्तुत भएको सुमार्गीकाे आरोप

ajaya raj sumargi

काठमाडौं,२ माघ । मुक्ति श्री प्रालीका अध्यक्ष अजेयराज सुमार्गीले कान्तिपुर मिडिया आफूविरुद्ध पूर्वाग्रही ढंगले लगातार प्रस्तुत भएको आरोप लगाएका छन ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुमार्गीले कान्तिपुर मिडियाका अध्यक्ष कैलास सिरोहियाले संचारमाध्यमको प्रयोग गरेर आफूलाई ब्ल्याकमेलिङ गरेको आरोप लगाएका हुन । बैदेशीक लगानीलाई अबैध धन भन्दै नियोजित रुपमा निरन्तर संचारमाध्यममा झुटो समाचार प्रकाशन गरेको आरोप सुमार्गीले लगाएका छन ।

आफूले सरकारको कानुन बमोजिम बैदेशीक क्रुण लगाानीको रुपमा नेपाल भित्र्याएको दाबी गर्दै सुमार्गीले आफ्नो सम्पत्ति अवैध नभएको दाबी गरेका छन ।

सुमार्गीले कान्तीपुर मिडिया ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारीता जगतको कालो धब्बाको रुपमा ५० औँ बर्ष सम्म रहिरहने दाबी गरेका छन् । आफूले बिदेशी लगानी नेपालमा ल्याएर मुलुकको समृद्धिका लागी महत्वपूर्ण भूमिका खेलेको सुमार्गीको भनाई थियो ।