एनआई सी एशिया फुटसल कप २०२३ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एनआई सी एशिया फुटसल कप २०२३ सम्पन्न

काठमाडौं, १७ भदौ । एनआई सी एशिया बैंकले आयोजना गरेको एनआई सी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्वविकास तथा स्वस्थप्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामाप्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागीताभएको बैंकले जनाएको छ ।

सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायकखेल काठमाडौंमाअवस्थितधन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्नभएको हो ।लिगतथानक आउट चरणमा सम्पन्नभएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिमप्रदेश बी टिम उपबिजेताबन्यो ।

खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिमप्रदेश बीकी रक्षाशाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् । त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसकामञ्जितकाकी रहेका छन् ।अर्कोतिर उच्च स्कोररतर्फ कर्णालीप्रदेशकीउर्मिलाचौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् ।प्रतियोगिताकाबिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिकगोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मानगरिएको छ ।

यस खालको प्रतियोगित नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमाहुने खेल इभेन्टमध्ये सबैभन्दापहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँप्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारी सहितकुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ ।

प्रतियोगिता समापनकार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानअनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायकप्रशिक्षकथमन भुसाल, बैंककानायबप्रमुखकार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाशगौतम, बैंककाकम्पनी सचिवदिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभागप्रमुख सरोज भट्टराई लगायतको उपस्थितिथियो ।
कर्मचारीहरुकालागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीनलक्ष्यलिँदै गतिशील रुपमा अगाडि बढिरहेको एनआई सी एशिया बैंकले आफ्नाकर्मचारीहरुलाई अतिरिक्तक्रियाकलापहरुमाप्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्नभएको थियो । प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमाअवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मतीप्रदेशको काठमाडौंमाअवस्थितधन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामाअवस्थितबी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमाअवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थितएमएनएस फुटसल, सुदूरपश्चिमप्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए ।

यो नेपालका नाम चलेका ब्राण्डहरुले १० लाखभन्दा बढी बराबरको क्यास तथा गिफ्टहरु उपलब्ध गराएर प्रतियोगितालाई सहयोग गरेका छन् । जसमा स्टिङ्ग, जि स्पोटर््स, झापाएफसी, एनआई सी एशिया बैंक कर्मचारी संघ, सुबिसु, एंकर नेपाल, बिग मार्ट, नुआदथाइ स्पा, द भान्नासुट होटल, ब्लाकबेरीज्, भोज, क्लबहाउस काठमाडौं, आइ मार्ट नेपाल, यति एयरलाइन्स, दराज र गोल नेपाल डट कम रहेका छन् ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखाकार्यालयहरू, ५९१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफलभएको छ । वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमाशाखाविस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);