पार्कको संरक्षण गर्न आवश्यक सहयोग गर्ने बानियाँको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पार्कको संरक्षण गर्न आवश्यक सहयोग गर्ने बानियाँको प्रतिबद्धता

काठमाडौं, १७ भदौ । सत्तारुढ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले पार्कलाई संरक्षण गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका–२ सानेपामा रहेको बि.पि.पार्कको आज बिहान अवलोकन गर्दै बानियाँले हरियाली पार्कको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

पार्कको अवलोकनका लागि पुगेका सभापति बानियाँले पार्क ब्यबस्थित गर्दै, सुन्दर, सफा, हरियाली पार्कको रुपमा विकास र संरक्षण साथै बिपि बाचनालयको रुपमा बिकासका लागि आवश्यक सहयोग गर्ने पनि बचन दिए  ।

बि.पि. पार्कका अध्यक्ष रविन्द्र थापा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य रमेश बखती, नेपाली कांग्रेस ललितपुर म.म.न.पा. वडा नं. २ का सभापति रजत खनाल, नेपाल तेकवान्डो संघ, बागमति प्रदेश अध्यक्ष केशव पुरी, पवन बिष्ट लगायतले पार्कको अवलोकन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);