नेपाल र भूटान भिड्दै, नेपाललाई ४० रनको टार्गेट | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

नेपाल र भूटान भिड्दै, नेपाललाई ४० रनको टार्गेट

काठमाडौं, १७ भदौ । आइसीसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटमा भूटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो । भूटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पूजा महतोले ३ तथा कविता कुवँर, खुशी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);