नेपालद्धारा चीन ५० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौँ, १० मंसिर। आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको छनोट खेल अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ।

१ सय ३ रनको लक्ष्य पछ्याएको चीन १८.२ ओभरमा ५२ रन जोड्दै अलआउट भएको थियो ।

कप्तान रुविना क्षेत्री र सबनम राईले समान ३ विकेट लिए । सिता राना मगरले २ र रितु कनौजियाले समान १ विकेट लिए । थाइल्यान्डका २ खेलाडीले मात्र दोहोरो आँकडामा रन बनाउन सके । हान लिलीले १५ र सी जाउले १० रन जोडिन् ।

चीनले टस जितेर नेपाललाई ब्याटिङको आमन्त्रण गरेको थियो । नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २ बनाएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);