सभामुखको प्रश्नः सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सभामुखको प्रश्नः सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताउनुभएको हो । उहाँले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले संसद जनताप्रति उत्तरदायी हुन जरुरी रहेको बताउनु भयो । उहाँले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले विधायिका संस्थामा सांसदहरुले खेल्ने भुमिका प्रभावकारी हुनुपर्ने पनि बताउनु भयो । सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद क्रियाशील बन्नुपर्ने बताउनु भयो । उहाँले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताउनु भयो । उहाँले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गर्नुभयो ।

राजनीतिक उपलब्धी प्राप्त गरेपनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने बताउनु भयो । विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हाँसिल गर्न चुनौति रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);