काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि शाह शुक्रबार ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
अस्पतालका स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
पारसलाई भेट्ने पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।