संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा

सिन्ह्वा / नान । संयुक्त राष्ट्रसंघले ग्याबोनमा भएको कुको निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधवार ग्याबोनमा भएको कुको निन्दा गर्नुभएको हो । गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफ्रिङमा सोबारेमा जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, महासचिवले ग्याबोनको विकसित अवस्थालाई नजिकबाट नियालिरहनुभएको छ । मौलिक स्वतन्त्रताको गम्भीर उल्लंघनको रिपोर्टका बीचमा चुनावको नतिजा घोषणालाई उहाँले गम्भीर चिन्ताका साथ हेर्नुभएको छ । कु प्रयासको संयुक्त राष्ट्रसंघ निन्दा गर्दछ । देशमा सबैलाई संयम अपनाउन र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दछु ।’

उहाँले राष्ट्रपति र उनको परिवारको सुरक्षा गर्न राष्टिय सेना र सुरक्षा बलहरुलाई आग्रह गर्नुभयो । उहाँले ग्याबोनका जनताको साथमा संयुक्त राष्ट्र संघ रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);