पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको चुनौती

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको चुनौती दिएको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको हो ।

पाकिस्तानका लागि बाबर आजमले शानदार सतक पुरा गरे । उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए ।

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाललाई इतिहास रच्ने मौका छ । त्यस्तै पाकिस्तान पनि आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);