सुन प्रकरणः राहुललाई हिरासतमा राख्न अनुमति लिन अदालत लगिदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सुन प्रकरणः राहुललाई हिरासतमा राख्न अनुमति लिन अदालत लगिदै

काठमाडौं । त्रिभुवन विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।

भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई बुधवार दिउँसो उनलाई सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।

उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);