धादिङका १३ वटा नै स्थानीय तहमा उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

धादिङका १३ वटा नै स्थानीय तहमा उम्मेदवारी दर्ता

शिखा श्रेष्ठ १९ वैशाख धादिङ
समाचारदाता वैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनका लागि धादिङका १३ वटा नै पालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको २ नगर पालिका र ११ गाउँ पालिकामा उम्मेदवारी दर्ता भएको हो ।

धादिङका १३ वटा नै स्थानीय तहमा  उम्मेदवारी दर्ता

 

 

शिखा श्रेष्ठ १९ वैशाख धादिङ ।

वैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनका लागि धादिङका १३ वटा नै  स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको २ नगर पालिका र ११ गाउँ पालिकामा उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दिनेमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले सबै पालिकाको प्रमुख उपप्रमुख सहितका पदमा सबै पालिकामा उम्मेदवारी दिएका छन् । त्यसै गरी राप्रपा, नयाँ शक्ति, नेकपा माले लगायतका दलहरुले पनि विभिन्न पालिकामा उम्मेदवारी दिएका छन् ।

 

जिल्ला सदरमुकाम सहित रहेको नीलकण्ठ नगरपालिमा नेपाली काँग्रेसका तर्फबाट भीमप्रसाद ढुङ्गाना र उपप्रमुखमा कल्पना अधिकारी, नेकपा एमाले धादिङकातर्फबाट प्रमुखमा अर्जुन कुमार श्रेष्ठ र उप्रमुखमा गंगादेवी श्रेष्ठ र एकीकृत नेकपा माओवादीको तर्फबाट नगरपालिकाको प्रमुखमा शोभा डंगोल र उपप्रमुखमा मनराज भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । 

 

ठूला दलले जुलुश सहित उम्मेदवारी दर्ता गर्न गएका थिए भने ससानादलहरु र स्वतन्त्र उम्मेदवारहरुले आफू खुसी उम्मेदवार दर्ता गर्न गएका थिए । जिल्लाका २ लाख ६ हजार २ मतदाता रहेका छन् जसमा महिला मतदाता संख्या १ लाख ३ हजार १ सय २४ र पुरुष मतदाता संख्या १ लाख २ हजार ८ सय ७७ रहेको छ । निर्वाचनबाट ५७४ प्रतिनिधि निर्वाचित हुने छन् ।

Leave a Reply