प्रतिनिधिसभा बैठक बस्दै,प्रधानमन्त्रीसँग प्रश्नोत्तर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै,प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ, १२ भदौ । आज संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको हो ।

सङ्घीय संसद् सचिवालयको अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।

त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);