इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार,३ लागुऔषध सेवनकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार,३ लागुऔषध सेवनकर्ता पक्राउ

काठमाडौं,८ भदौ । इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते भएका छन् । उनलाई बिहीबार लागुऔषध सेवनकर्ता ३ जनाले आक्रमण गरेको बुझिएको छ ।

कटुवालमाथि बिहीबार साँझ शिवसताक्षी–९ झरना पूल नजिकै आक्रमण भएको थियो । लागुुऔषध ब्राउन सुगर सेवन गरिरहेको सुचनाको आधारमा उनी नेतृत्वको टोली सादा पोशाकमा खटिएको थियो ।

मोटरसाइकल अनियन्त्रित तरिकाले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा कटुवालमाथि आक्रमण भएको हो । उनीमाथि मोटरसाइकलमा सवार एकजनाले बन्चरोले आक्रमण गरेका थिए । उनको टाउकोमा र हातको औंलामा चोट लागेको छ । मोटरसाइकल चालकसहित आक्रमण गर्ने ३ जना नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार