इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी नेताको आक्रमणमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी नेताको आक्रमणमा मृत्यु

death body

एजेन्सी,७ भदौ । उत्तरी इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का एक वरिष्ठ सदस्यलाई टर्कीको जासुसी एजेन्सीले सीमापार अपरेशनका क्रममा आक्रमण गरी हत्या गरेको छ ।

बुधवार इराकको टिआरसी प्रशारकले यसबारेमा जानकारी गराएको हो । पीकेकेलाई संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी संगठनको सूचिमा राखेको थियो । उनीहरुले तीन दशक भन्दा बढी समय टर्कीबिरुद्ध बिद्रोह गरेका थिए ।

टिआरटीले पीकेकेका सदस्य बेकिर किना, कोडनाम बाबर बोटानले इराकको सुलेमिनिया प्रान्तमा टर्कीका सैनिकबिरुद्ध हत्याका लागि तालिम दिइरहेको बताइएको छ । उनले टर्कीमा आक्रमण गर्ने योजना बनाइएको बताइएको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार उनीसँगै अन्य ६ जना बिद्रोहीको पनि मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);