नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमान-श्रीमती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमान-श्रीमती

काठमाडौं, १ माघ । सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारी समेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरी लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् ।

रामहरी भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज सीपीएससी फिलिपिन्सको महानिर्देशक पदमा छन् ।

सीटीईभीटीमा जागिर खाने आफन्त
श्रीमान श्रीमती ३१ जोडी
दाजुभाइ २४ जना
बाबु छोरा ८ जना
साढु दाइ भाइ ८ जना
ज्वाइँ जेठान ४ जना
दिदी भाइ ४ जना
भान्जा भान्जी ४ जना
बहिनी ज्वाइँ ४ जना
भतिनी ज्वाइँ २ जना
काका भतिज २ जना
विद्यार्थी नेताका श्रीमती ३ जना
अख्तियार अधिकृतकी श्रीमती १ जना । आजको कान्तिपुरको पहिलो पृष्ठमा नातागोताले खान्छन् जागिर शिर्षकमा खबर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);