प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत भएको छ । आज बिहान मन्त्रिपरिषद बैठकले प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको टोली त्यसतर्फ जान लागेका हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई एकसाथ संलग्न नेपाल धितोपत्र निस्कासन सातौं संशोधन नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);