कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वाेच्च जाने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वाेच्च जाने

काठमाडौं, ६ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाले संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभामा विश्वासको मत लिएको भन्दै प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा दर्ता गराउने बताउनु भएको हो ।

कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी रहने भन्दै एमालेले सर्वसाधारणबीचमा पनि गठबन्धन दलले संविधान र कानुनविपरीत गरेका कार्य स्थापित गराउने अभियान जारी रान्े बताएको छ । तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पु¥याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता हिक्मतकुमार कार्कीले असार २२ मा दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको नजिर छ ।

सर्वाेच्चको आदेशमा सभामुख वा सभाध्यक्षको भूमिका रेफ्री वा अम्पायर प्रकृतिको भएको व्याख्या गरिएको छ । सर्वोच्चले एक पटक व्याख्या गरिसकेर नजिर बसिसकेकाले मुख्यमन्त्री थापाको विश्वासको मत असंवैधानिक हुने एमालेको जिकिर छ । सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्न नै संविधानको धारा १८६ मा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने व्यस्था गरिएकोकारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार खारेज हुनेमा एमाले विश्वस्त देखिएको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि