नेकपा एसको केन्द्रिय समितिको दोस्रो दिनको बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

नेकपा एसको केन्द्रिय समितिको दोस्रो दिनको बैठक शुरु

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समितिको दोस्रो दिनको बैठक शुरु भएको छ ।

मंगलवारबाट ललितपुरको बालकुमारीमा शुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलावार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रश्तुत गर्नुभएका विभिन्न प्रतिवेदनमा आज (बुधवार) छलफल जारी रहनेछ ।

पार्टीका केन्द्रिय सदस्यहरुले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राख्न शुरु गरेका छन् । बैठक आज बिहान ८ बजेबाट शुरु भएको हो । मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);