४८ सालदेखि निर्माण सुरु भएको सडक ७४ सालमा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

४८ सालदेखि निर्माण सुरु भएको सडक ७४ सालमा सम्पन्न

पाल्पा, ३० पुस । पाल्पाको पश्चिम क्षेत्रका गाउँमा पहिलोपटक यातायात सेवा पुगेको छ । २०४८ सालदेखि निर्माण सुरु भएको सडक २६ वर्षपछि सम्पन्न भएपछि पश्चिम पाल्पामा यातायात सेवा सुरु भएको हो ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको बल्डेङगढी सत्यवती, जुठापौवा हुँदै सुन्दरेढुंगासम्म यात्रुबाहक बस पहिलोपटक पुग्दा स्थानीय हर्षित भएका छन् । पहिलोपटक यात्रुले भरिएको बस गाउँ पुग्दा स्थानीय बासिन्दाले सवारी चालकलाई सम्मानसमेत गरे ।

पश्चिम पाल्पालाई रुपन्देहीसँग जोड्ने मुख्य सडकका रूपमा लिइने यो सडकखण्डबाट पाल्पाका चार सयभन्दा बढी घर–परिवार र अर्घाखाँचीको पूर्वीभेगका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित भएका छन् । स्थानीय जनप्रतिनिधिले भने सडक निर्माण कार्य पूरा भएकाले अब बाह्रै महिना यातायात सञ्चालन गर्न गाउँपालिकाले पहल गर्ने बताएका छन् ।

सवारी साधन नियमित सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित कृषि उपजलाई रुपन्देहीका बुटवल र पाल्पाको सदरमुकाम तानसेनसम्म पुर्‍याउन सहज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);