मुख्यमन्त्री थापाले आज पाउलान त विश्वासको मत ! | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

मुख्यमन्त्री थापाले आज पाउलान त विश्वासको मत !

काठमाडौं, ४ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिदै हुनुहन्छ । तर राजनीतिक दाउयपेचकाबीच थापाले विश्वासको मत लिने प्रक्रियामा जटिलता आउने संकेतहरु देखिएका छन् ।

सभामुखको समेत जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्ताव सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा छलफलका लागि पेस गर्न समय तोक्नु भएको छ । तर एमालेकी उपसभामुख दनुवार पार्टीको निर्देशनअनुसार बैठकमा अनुपस्थित हुने सम्भावना विश्वासको मत लिने प्रक्रियामा जटिलता आउन सक्ने संकेत देखिएको हो । आफैंले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत भनिएपनि सरकार बनाउने र ढाल्ने जोडघटाउमा उपुभामुखको भूमिका निर्णय मानिएको छ । उपसभामुखको अनुपस्थिति संख्यात्मक हिसाबले अर्थपूर्ण हुने देखिएको छ ।

उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नसक्ने अंक गणितीय जटिलताले सत्ता र प्रतिपक्ष दुवै आ–आफनै सत्ता स्वार्थको राजनीतिक दाउपेचमा लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ छन् ।

प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारुढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य पनि छन् तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिलता छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);