युवा संघ बेलबारीका अध्यक्ष पक्राउ,आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

युवा संघ बेलबारीका अध्यक्ष पक्राउ,आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको आरोप

विराटनगर,३ भदौ । नेकपा (एमाले)को निकट राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरीले तामाङलाई बिहीबार पक्राउ गरेको हो ।

उनी मोरङको बेलबारी नगरपालिका–१० स्थानीय हुन् । ३४ वर्षीय तामाङमाथि एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

युवतीले आफूमाथि तामाङले गत असार २ गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो ।

तामाङले पोललाइट रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् । आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

Leave a Reply