यु–२० एशिया रग्बी सेभेन्समा नेपालको निरासजनक प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

यु–२० एशिया रग्बी सेभेन्समा नेपालको निरासजनक प्रदर्शन

काठमाडौं । नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ ।

दशरथ रंगशालामा शनिवारदेखि शुरु भएको एशिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार व्यहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो । नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो । शनिवार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार व्यहो¥यो । अब नेपालले पाँचौं स्थानका लागि आईतवार उज्वेकिस्तासँग खेल्नेछ । आईतवार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्याण्डले हङकङसँग प्रतिष्पर्धा गर्ने भएका छन् । यता, महिलातर्पm पनि डबल राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले तीन खेलमा नै हार व्यहारेको छ । नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।

महिलातर्पm लिगमा प्राप्त अंकको आधार शिर्ष तीन निर्धारण हुनेछ । पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार व्यहो¥यो । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो । तेस्रो खेलमा भने नेपाल थाइल्याण्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो । यद्यपि, बाँकी आईतवार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ । दुई दिने प्रतियोगितामा आईतवार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);