सिन्ह्वा / नान । अमेरिकामा जुलाई महिनामा नयाँ घर निर्माण गर्नेको संख्या ३.९ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकाको वाणिज्य विभागद्वारा जारी तथ्यांकका अनुसार जुलाईमा अमेरिकामा नयँ घर निर्माण गर्नेको संख्या ३.९ प्रतिशतले बढेको हो ।
अमेरिकी सरकारले १.४४ मिलियन घरहरु बन्ने अनुमान गरेकोमा १.४५ मिलियन घरहरु बनेका हुन् । तर यो गत वर्षको तुलनामा १३ प्रतिशतले कमी हो । भवन निर्माणका लागि अनुमति लिनेको संख्यामा पनि विगतको तुलनामा ०.१ प्रतिशतले बढेको छ ।