सत्तारुढ गठबन्धनको बैठकलाई प्रत्यक्ष प्रशारण गर्ने आँट गर्न गगनको सुझाँव | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

सत्तारुढ गठबन्धनको बैठकलाई प्रत्यक्ष प्रशारण गर्ने आँट गर्न गगनको सुझाँव

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस इलाम नगर कार्य समितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले ललिता निवास प्रकरणमा संलग्न भनिएका पुर्व प्रधानमन्त्रीहरुको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति टिप्पणी गर्दै गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने प्रष्ट पार्नुभयो । नेपाललाई भष्टाचार मुक्त देश बनाउन सबै मिलेर पहल गर्नु पर्ने महामन्त्री थापाको भनाइ थियो । कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउने आँट गर्न उहाँले सुझाव दिनुभयो ।

महामन्त्री थापाले भ्रष्टाचारमा जोडिएका जो कोहीलाई छोड्न र उन्मुक्ति दिन नहुने बताउनुभयो । अव पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णय पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply