संघीय संसदमा भइरहेको अवरोध संविधान र नियमसंगत छैन्ः सुवास नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

संघीय संसदमा भइरहेको अवरोध संविधान र नियमसंगत छैन्ः सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संघीय संसद्मा भइरहेको अवरोध संविधान र नियमसंगत नभएको बताउनुभएको छ ।

संसदीय व्यवस्थामा अवरोध गर्नु संविधान र नियमसँग मेल नखाने उहाँको भनाइ छ । नेता नेम्वाङले राजनीतिक दलहरूले संसद्मा अवरोध गर्ने कुराको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।

संघीय संसद् सचिवालयले शनिबार काभ्रेपलाञ्चोकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध हुने व्यवस्था संविधान र नियममा उल्लेख नभएको प्रष्ट पार्नुभयो । राजनीतिकरुपमा गरिने हुनाले यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी रहेको नेता नेम्वाङको भनाइ थियो ।

प्रतिपक्षले संसद्मा सशक्तरूपमा कुरा राखिसकेपछि सरकारले गम्भीर भएर सुन्नुपर्ने उहाँको भनाइ थियो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले भने संसद्को अवरोध राजनीतिक दलहरूको मिलेमतोमा भएको हो भन्ने जानकारी हुन आएको टिप्पणी गर्नुभयो । उता पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);