जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेनः वनमन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेनः वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्र्न नसकेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताउनुभएको हो । उहाँले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताउनु भयो ।

मन्त्री महतोले कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको बताउनु भयो । उहाँले जलवायु, वातावरण लगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझीकनन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले जंगली जनावरको संख्या बढाएपनि यसको संरक्षणमा चुनौति खडा भएको बताउनु भयो । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाएपनि संरक्षण गर्न ठूलो चुनौति देखिएको बताउनु भयो ।

अहिले विदेशीले भनेको कुरामा हस्ताक्षर गर्दा जंगलमा भएको जनावर र मानिसबीच द्वन्द्वको अवस्था सृजना भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);