कर्मचारी भनेको स्थायी सरकार हो, स्थायी सरकार सशक्त हुनुपर्छः देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कर्मचारी भनेको स्थायी सरकार हो, स्थायी सरकार सशक्त हुनुपर्छः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले अहिले पार्टीका नाम जुनकुनै राखेपनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ । कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको देश हो यो, फेरि डेंगु आइरहेको छ । सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’

सभापति देउवाले डेंगु संक्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायह अवलम्वन गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);