ब्राउन सुगरसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

ब्राउन सुगरसहित एक जना पक्राउ

सप्तरी,१ भदौ । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

कंचनरूप नगरपालिका–१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका–१ बस्ने २२ वर्षीय राधेश्याम साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र.२.०१.००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);