आज सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आज सार्वजनिक बिदा

काठमाडौं,१ भदौ । आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

ओल्के पर्व सुदूरपश्चिम क्षेत्रमा भदौ १ गतेका दिन मनाइने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका जिल्लाहरुमा ओल्के पर्व मनाउने चलन छ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);