सेप्टिक ट्यांकमा फसेर हात्तीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

सेप्टिक ट्यांकमा फसेर हात्तीको मृत्यु

पुष्कर भट्ट

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मध्यवर्ति वनको एक सेप्टिक ट्यांकमा फसेर हात्तीको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टि ट्यांकमा फसेरे जंगली हात्तीको मृत्यु भएको हो ।

बुधबार राति सेप्टि ट्यांकमा परेको हात्तीको बिहीबार बिहान ७ बजे मृत्यु भएको थियो ।

पुच्छर र मुखतिरको अगाडिको भाग सेप्टिक ट्यांकी बाहिर रहेकोले श्वास फेर्न नसक्दा हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

हात्तीको उमेर २५÷३० वर्ष अनुमान गरिएको छ । हात्ती फसेको सेप्टिक ट्यांकी ७÷८ वर्षअघि निर्माण गरिएको थियो ।सामुदायिक वनमा हल्दी र बाँसको झाडी छ । त्यहीँ आहार चर्न हात्तीको बथान केही साताअघिदेखि आउने गरेको थियो । यसलाई हात्ती हिँड्ने करिडोरका रुपमा लिइन्छ ।

माथि चुरेसम्मै जोडिएको यो करिडोर भएर हात्ती बेलडाँडी हुँदै भारततर्फ जाने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत किशोरकुमार मेहताले मरिसकेको हात्तीलाई स्थानीयहरुबाट मुचुल्का बनाएर डोजरल खाल्डो खनेर हिन्दु परम्परा अनुसार हात्तीलाई गाडिएको बताए ।

हात्तीलाई गाड्न शुक्लाफाँटा नगरपालिकाको डोजर प्रयोग गरिएको थियो।

Leave a Reply