काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालतले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ ।
न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति शंकास्पद देखिएपछि प्रमाणीकरण गरेर ल्याउन आदेश दिएको हो।
पीडितकी आमाले ११ वर्षको उमेरमा गौशाला २६ लाई जन्म दिएको भनेर जन्ममिति पेश भएपछि अदालतले यस्तो आदेश दिएको हो ।
सन्दीपको मुद्दामा बिहीबारका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो। तर इजलासमक्ष आमाको दुईवटा जन्ममिति पेश भएर विवाद देखिएपछि यस्तो आदेश आएको हो। अबको एक साताभित्र पेशी तोकिनसक्ने बताइएको छ ।




