लिबियामा शसस्त्र झडपमा परी २७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

लिबियामा शसस्त्र झडपमा परी २७ को मृत्यु

एजेन्सी,३२ साउन । लिबियाको राजधानी त्रिपोलीमा शसस्त्र झडपमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

बुधवार भएको झडपमा परी २७ जनाको मृत्यु भएसँगै अरब लिग (एएल) ले चिन्ता व्यक्त गरेको हो । एएलले शहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ ।

सो झडपमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ । अन्य २३४ मानिसहरुलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो ।

अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ । नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);