श्रीकृष्ण जन्माष्टमी कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

श्रीकृष्ण जन्माष्टमी कहिले ?

एजेन्सी,३२ साउन । श्रीकृष्ण जन्माष्टमी सनातन धर्ममा हर्षोल्लासका साथ मनाइन्छ । वैदिक क्यालेन्डर अनुसार भाद्रपद महिनाको कृष्ण पक्षको आठौं दिनमा भगवान श्रीकृष्णको जन्मजयन्ती हर्षोल्लासका साथ मनाइन्छ । मान्यता अनुसार भगवान श्रीकृष्ण भाद्रपद महिनाको अष्टमी तिथीको रोहिणी नक्षत्रको मध्यरातमा अवतरण गर्नुभएको थियो । त्यसैले यस शुभ समयमा पूजा–आराधना र व्रत राख्नाले साधकलाई विशेष लाभ हुने जनविश्वास छ । आउनुहोस् जानौं, सन् २०२३ मा कृष्ण जन्माष्टमी कहिले मनाइन्छ, शुभ समय र महत्त्व ?

श्रीकृष्ण जन्माष्टमी २०२३
वैदिक क्यालेन्डर अनुसार भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथी ०६ सेप्टेम्बरको दिउँसो ३.३७ बजेबाट सुरु भई अगस्ट ७ गते साँझ ४ः१४ बजे समाप्त हुनेछ । यो दिन रोहिणी नक्षत्र अगस्ट ०६ को बिहान ०९.२० बजे र ७ सेप्टेम्बरको १०.२६ बजेको बीचमा हुनेछ । र मध्यरातको क्षण १२.२० बजे हुनेछ ।

स्मार्त सम्प्रदायका अनुयायीहरूले ०६ सेप्टेम्बर २०२३ बुधबार जन्माष्टमी पर्व मनाउने छन् । अर्कोतर्फ वैष्णव सम्प्रदायका अनुयायीहरूले ०७ सेप्टेम्बर २०२३ बिहीबार जन्माष्टमी पर्व मनाउने छन् ।

भगवान श्रीकृष्ण जन्मजयन्तीको शुभअवसरमा भक्तजनले मध्यरातमा भगवान श्रीकृष्णको विधिवत पूजा–आराधना गरी यस दिन व्रत बसेर सुख–समृद्धि प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

यससँगै मध्यरातमा भजन–कीर्तन गर्नाले भगवान श्रीकृष्ण प्रसन्न हुनुका साथै साधकले आत्मिक शान्ति पाउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);