युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुुपर्छः पूर्वअर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशिलता अरुले सिकाएर नआउने भन्दै युवाहरु भित्रबाट आउनुपर्ने बताउनु भयो।

उहाँले उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताउनु भयो। जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशिलता भएको उहाँको भनाई छ । उहाँले परम्परागत रुपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताउनु भयो। उहाँले अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताउनु भयो। उहाँले अब युवाहरुले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशिलता विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको इनोभेशन अरु भन्दा फरक बन्न सक्नुपर्ने बताउनु भयो।

त्यस्तै,राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिश गरिरहेका बताउनु भयो । उहाँले युवालाई बैंकले उच्च प्रथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो। उहाँले बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएको उल्लेख गर्नुभयो ।

उहाँले अध्ययन सकेर नयाँ उद्यमशिलता गर्छु भन्नेहरुलाई बिना धितो लगानी पाउन चुनौति रहेको बताउनु भयो । उहाँले विनाधितोको चुनौतिलाई आधार मानेर १० प्रकारकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारलाई जोड्ने श्रम बजारलाई उपयोग गर्ने रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);