काठमाडौं । गत बैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । आज साझ ५ बजेसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा गत बैशाख २६ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले फारम भरेका थिए ।
मन्त्रीस्तरीय बैठकले विद्यार्थीहरुले २ वा सो भन्दा कमल विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिन पाउने निर्णय गरेको छ ।
यो निर्णयपछि २ विषयभन्दा माथि विषयमा एनजी लाग्दा विद्यार्थीहरुलाई कक्षा दोहो¥एर पढ्न झन्झट हुने भएकोले पढाई छाड्ने विद्यार्थीहरुको लागि निकै लाभ हुने देखिएको छ ।