एक साता बित्दा पनि सहज रुपमा चल्न सकेन भिमदत्त राजमार्ग, यात्रुहरुलाई हैरानी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

एक साता बित्दा पनि सहज रुपमा चल्न सकेन भिमदत्त राजमार्ग, यात्रुहरुलाई हैरानी

पुष्कर भट्ट ।

कैलाली । अविरल वर्षाका कारण अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग आंशिक रुपमा चल्न थालेको छ ।

बस तथा खाली ट्रकहरु ओहरदोहर गर्न मिल्ने गरी राजमार्गको सो खण्ड मर्मत गरिएको छ । तर अझैसम्म पनि भारवहन गाडीहरु भने गुड्न सकेका छैनन् । एक साता वित्दासमेत राजमार्ग सहज रुपमा चल्न नसक्दा यात्रुहरुको हैरानी कम हुन सकेको छैन ।

सुदुर पश्चिमका ७ पहाडि जिल्ला जोड्ने भिमदत्त राजमार्गको क्षति भएको ठाउँमा ट्र्याक खोल्ने काम भईरहेकोे छ । एक हप्ता भइसक्दा आंशिक रुपमा मात्र सडक सञ्चालन हुँदा यात्रुहरु सकसपुर्ण यात्रा गर्न वाध्य छन ।

सुदुरपश्चिमका पहाडि जिल्लामा जोड्ने एकमात्र राजमार्ग भएकोले कृषि उपज समत ढुवानी हुन नसक्दा कैलाली र कञ्चनपुरमा तरकारीको अभाव भएको छ । यस्तै तराईबाट पहाडि जिल्लाहरुमा खाद्यान्न लगायत तथा दैनीक उपभोग्य समानको लैजान नसक्दा अभव हुने अवस्थामा आएको छ । यति मात्र होईन गोदावरी नगरपालिका –४ का पहिरो पिडितहरुको समेत विचल्ली भएको छ । ५ घर परिवारका २० जना अहिले आफन्तकहाँ आश्रय लिए्र बसिरहेका छन । उनीहरुको घर खेत सवै वगाएको र वाटो नखुल्दा आफुहरुको अवस्था बुझ्न समेत कोहि नआएको उनिहरुको गुनासो छ ।

मंगलवारदेखि विभिन्न ठाउको पहिरो पन्छ्याएर राजमार्ग खौल्दै गएपनी लगातारको वर्षाका कारण ठाउँ ठाउँमा सडक भासिने र चर्किने क्रम जारी छ । सुदुर पश्चिमका पहाडी जिल्लाहरुका केहि दिन यता निरन्तर पानी परिरहेकाले मौसममा सुधार नआएसम्म ठुला गाडिहरु गुड्न नसक्ने बताईएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ बुढितोलामा गत २२ गते सडक खण्डको विभिन्न क्षेत्रमा पहिरोको कारण यातायात सेवा ठप्प भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);