कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट, चौकीदार र नाइकेले असुल्छन रकम | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट, चौकीदार र नाइकेले असुल्छन रकम

पुष्कर भट्ट

कञ्चनपुर ।

कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भएको भन्दै विवाद उत्पन्न भएको छ ।

कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्ट माथि कुटपिट भएको भन्दै उनको परिवारले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेको हो । कारागार भित्र भट्ट माथि निर्घात कुटपिट भएको उनको परिवारको आरोप छ ।

कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत उनको आरोप छ । भाइले फोन गरेर सुत्न र खाना नदिएको र पैसा माग्ने गरेको उनको आरोप छ ।

कारागारबाट फोनमा सुवासको यो कुरा सुनेपछि चिन्तित उनको परिवारका सदस्य सोमबार धनगढीबाट कारागार पुगेका थिए । कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्त कारागार परिसरमा आक्रोशित थिए । आक्रोशित उनीहरुसँगै अन्यको भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ ।

कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन् । उनी यसअघि पनि लागुऔषध मुद्दामै पटक पटक कारागार परिसकेका छन् ।

यसपटक उनलाई डेढ वर्ष कैद सजाय सुनाइएको छ। कैदी भट्टका आफन्तले कारागार कार्यालय कञ्चनपुरमा सुरक्षित महसुस नगरेकाले कारागार स्थानान्तरण गरिदिनु पर्ने माग गरेका छन्।

यस्तै, रकम असुल्ने कारागारका चौकीदार र नाइकेलाई पनि कारागार सरुवा गर्नु पर्ने माग गरेका छन् । सात महिनामा अहिलेसम्म ५५ हजार रुपैयाँ कारागारमा पठाएको किरणको भनाइ छ । कैदी भाइका लागि पठाएको रकम चौकीदार र नाइकेले प्रयोग गर्ने गरेको उनको आरोप छ । कारागार कार्यालय कञ्चनपुरका चौकीदार टेकराज जोशीले भने अहिलेसम्म कुनै पनि कैदीबाट रकम नअसुलेको दाबी गरेका छन ।

कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन्। आइतरबार कैदीलाई उनको आफन्तसँग समेत भेटाइएको बताइन् ।

ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको दाबी उनले गरिन । परिवारको माग अनुसार कैदी सुवासलाई अर्को जेलमा सार्ने प्रक्रिया अघि बढाइएको जेलर थापाले बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);